Company Purpose

कम्पनीको उदेश्यः

१. कम्पनीको मुख्य उदेश्य भनेको देशमा आर्थिक क्रान्ति ल्याउने र जतिपनि बढ्दो शैक्षिक बेरोजगार व्यक्तिहरु छन् केही हदसम्म भएपनि न्यूनिकरण गर्दै स्वरोजगार प्रदान गर्ने साथै देशका ७७ वटै जिल्लाहरुको मुख्य शहरहरुमा शाखा विस्तार गर्ने उदेश्यका साथ कम्पनी आफ्नाे रफ्तारमा अगाडि बढी रहेको छ ।

२. कुनै पनि वस्तु तथा सेवा उत्पादन हुँदा हरेक ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै समयको माग अनुसार उच्च गुणस्तरिय वस्तु तथा सेवा प्रदान गर्नेछ र अझै आउने दिनहरुमा मार्केट रिसर्च गर्दै नयाँ नयाँ खोज अनुसन्धान गर्दै उत्पादनलाई उच्च गुणस्तरिय रुपमा अगाडि बढाइनेछ ।

३. प्रत्येक व्यक्तिको स्वास्थ्य तथा सौन्दर्य संग सम्बन्धित दैनिक उपभोग्य वस्तु तथा सेवाहरु बजारमा आउनु पूर्व कम्पनीले प्रत्यक्ष विज्ञापन गर्र्दै बजार तथा सम्बन्धित व्यक्तिहरुमा सुपथ मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उदेश्य रहेको छ ।

४. यो संस्था Win-Win Theory  सञ्चालित संस्था हो । यो संस्थाको उदेश्य भनेको आफू पनि जित्ने र अरुलाई पनि जिताउने भएकोले हरेक व्यक्तिको व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी निशुल्क तालिम दिँदै बिना लगानीमा स्वरोजगार प्रदान गर्नेछ ।